सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – सडक सञ्जाल नपुगेको हिमाली जिल्ला हुम्लामा प्रतिकेजी चामल ढुवानी गर्नमात्र ३ सय ३० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको नेपाल खाद्य संस्थानले समयमै काम नगर्दा यति महँगोमा चामल ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

सडक नपुगेको हुम्लामा बर्सेनि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि संस्थानले समयमै ढुवानीका लागि टेन्डर आह्वान नगर्दा तेब्बर मूल्य तिर्नुपर्ने अवस्था छ ।

संस्थानका अनुसार समयमा टेन्डर आह्वान गरी पठाउँदा एक सय ५ रुपैयाँ प्रतिकेजी चामल ढुवानी हुने थियो ।

तपाईको प्रतिक्रिया