Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगितामा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार राति सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा भएको खेलमा रुसले न्युजिल्याण्डलाई २–० ले हराएको हो ।

फिफाका अध्यक्ष जिज्ञानी इन्फान्टिनोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा ब्राजिलका महान फुटबलर पेलेको उपस्थितिमा उद्घाटन गर्नु भएको खेलमा रुसका लागि फेडोर स्मोलोभले गोल गरे भने न्युजिल्याण्डले एउटा आत्मघाती गोल गर्‍यो ।

३१ औं मिनेटमा न्युजिल्याण्डका माइकल बोक्सलले ३१ औं मिनेटमा आत्मघाती गोल गरेपछि रुसले पहिलो हाफमा १–० को अग्रता लियो । ६९ ओं मिनेटमा स्मोलोभले गोल गर्दै रुसलाई २–० को जित दिलाए । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

प्रतियोगितामा आयोजक रुससहित ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ । प्रतियोगिता अन्तर्गत आज क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले मेक्सिकोसँग खेल्ने छ । खेल राति पौने ९ बजेपछि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया