Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता २०१७-१८ को खेल तालिका सार्वजनिक भएको छ। आज सार्वजनिक तालिका अनुसार डिफेण्डिङ च्याम्पियन चेल्सीले १२ अगष्ट (साउन २८)का दिन बर्नलीसँग सुरुवाती खेल खेल्नेछ।

सोही दिन म्यान्चेस्टर सिटीले ब्रिङ्टन एण्ड हव अल्बियन, आर्सनलले लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेडले वेस्ट ह्याम, टोटन ह्याम हट्सपरले न्युक्यासल युनाइटेड तथा लिभरपुलले वार्टफोर्डसँग खेल्नेछन्। सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने तय भएको छ । यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्सफिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् ।

यस्तै चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिष्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पुराना टिम हुन् । यो सिजन हल सिटी, मिडल्सबर्ग र सन्डरल्याण्ड रेलिगेशनमा परेर म्याम्पियनसिपमा घटुवा भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया