Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड फ्रान्ससँग पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इंग्ल्याण्डलाई ३–२ ले हराएको हो ।

फ्रान्स दोस्रो हाफको धेरै समय १० खेलाडीमा सीमित भएपनि इंग्ल्याडले त्यसको फाइदा लिन सकेन । खेलमा ९ नवौं मिनेटमा ह्यारी केनको गोलबाट इंग्ल्याडले अग्रता लियो । तर २२ औं मिनेटमा स्यामुएल उमटटी तथा ४३ औं मिनेटमा जिब्रिल सिदिबेले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो ।

४७ औं मिनेटमा राफेल वाराने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रान्स १० खेलाडीमा सीमित भयो । ४८ औं मिनेटमा केनले पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए । तर ७८ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–२ को जित दिलाए ।

राति नै भएका अरु खेलमा कोलम्बियाले क्यामरुनलाई ४–०, रोमानियाले चिलीलार्य ३–२ तथा जाम्बियाले दक्षिण अफ्रिकालाई २–१ ले हरायो । नर्वे र स्वीडेनले १–१ तथा इन्डोनेसिया र पोर्टो रिकोले गोलरहित बराबरी खेलेका छन् ।

 

तपाईको प्रतिक्रिया