Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । एसियन कप २०१९ को छनोटको दोस्रो खेलमा नेपालले यमनसँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा आज भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।

एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन आजको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।

सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहने छ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् । नेपालसहित २४ देश प्रतियोगिताका लागि छनौट हुने थप १२ टिममा पर्नका लागि अहिले प्रतिस्पर्धामा छन् । नेपालले अब छनोटमा ४ खेल खेल्न बाँकी छ ।

नेपाल रहेको समूह ‘एफ’ मा यमन, फिलिपिन्स र काजकिस्तान छन् । समूह ‘ए’ मा भारत, किर्गिस्तान, म्यानमार र मकाउ, समूह ‘बी’ मा लेबनान, उत्तर कोरिया, मलेसिया र हङकङ, समूह ‘सी’ मा जोर्डन, भियतनाम, अफगानिस्तान र कम्बोडिया, समूह ‘डी’ मा ओमन, प्यालेस्टाइन, माल्दिभ्स र भुटान तथा समूह ‘इ’ मा तुर्किमेनिस्तान, चाइनिज ताइपेइ, बहराइन र सिंगापुर छन् ।

यो चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टिम एएफसी एसियन कपका लागि छनौट हुनेछन् । अहिलेसम्म युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन प्रतियोगिताका लागि छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया