Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एसियन कप फुटबल छनौट अन्तर्गतको दोस्रो खेलमा आज नेपालले यमनको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको नेपालले घरेलु मैदानमा कम्तिमा नहार्ने लक्ष्य लिएको छ ।

नेपालभन्दा बलियो टोली यमनसँगको खेल सशस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी एसियन कप छनोटमा नेपाल पहिलो जितको खोजीमा छ । यमनले भने पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

बिश्व फुटबल महासंघ फिफाको बरियता क्रममा नेपाल १६९ औं स्थानमा रहँदा यमन १२४ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया