Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – पाकिस्तान च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई तीन विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्याण्डसँग खेल्ने छ । दोश्रो सेमिफाइनलमा बिहीबार भारत र बंगलादेशले खेल्ने छन् ।

सोमबार जितका लागि पाएको २ सय ३७ रनको लक्ष्य पाकिस्तानले ३१ बल अघि नै ७ विकेट जाँदा भेट्टायो । पाकिस्तानलाई जिताउन सरफराज अहमदले ७९ बलमा ६१ रनको योगदान गरे । यस्तै अजहर अलिले ५० बलमा ३४ रन, फखर जमानले ३६ बलमा ५० रन, मोहम्मद आमिरले ४३ बलमा २८ रन बनाए । श्रीलंकाका नुवान प्रदीपले तीन साथै लसिथ मालिङ्गा, सुरङ्गा लकमाल र थिसारा परेराले एक एक विकेट लिए ।

टस हारेपछि ब्याटिङमा आएको श्रीलंका ४९ ओभर २ बलमा २ सय ३६ रन बनाउँदा अल आउट भयो । श्रीलंकाका निरोसान डिकवेलाले ८६ बलमा ७३ रन, एञ्जेलो म्याथुजले ५४ बलमा ३९ रन, सुरङ्गा लकमालले ३४ बलमा २६ रन बनाएका थिए । पाकिस्तानका जुनेद खान र हसन अलीले तीन तीन साथै मोहम्मद आमिर र फहिम अर्सफले दुई दुई विकेट लिए

\\। 

तपाईको प्रतिक्रिया