Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एसियन कप छनौट प्रतियोगिता अन्तर्गत भोलि हुने यमनबिरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलका लागि नेपालको टिममा अनिलले पुनरागमन गरेका हुन् ।

उनीसँगै २३ सदस्यीय टीममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन् । उनीहरु भारतसँगको खेलमा समावेश थिएनन् । नेपाली टिममा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् ।

यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल छन् । फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र बिमल घर्ति मगर छन् । खेल भोलि सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया