Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेशको मागलाई सम्बोधन गर्न दुई नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव गर्नुभएको छ । तर राष्ट्रिय जनता पार्टी नेपालले त्यसलाई अस्वीकार गरेको छ ।

स्रोतका अनुसार राजपा नेपालको माग पुरा गर्ने बारेमा उत्तम विकल्पकोरुपमा दुई नंवर प्रदेशको निर्वाचन सार्ने प्रस्ताव गर्नुभएको हो । निर्धारित असार १४ को चुनाव पनि प्रभावित नहुने र राजपाको माग पनि पुरा हुने भएकोले प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव राख्नुभएको बुझिएको छ ।

उपयुक्त विकल्पकारुपमा दुई नम्बर प्रदेशको चुनाव स्थगित गरी मागहरु पुरा गरेर तेस्रो चरणमा चुनाव गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावमा राजपाका नेताहरुले चुनाव सारेर होस् वा नसारेर होस् आफूहरुको माग पुरा हुनुपर्ने कुरामा जोड दिएको बताइएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले भने चुनावको मिति सारेर आफूहरुको माग पुरा गर्न चाहेको हो भने दुई नम्बर प्रदेशका ८ वटा जिल्ला मात्र नभएर २५ वटा जिल्लाका चुनाव सार्नुपर्ने सर्त राखेका थिए ।

राजपाले मधेशी, थरुवान, लिम्बुवान जिल्लाका चुनावहरु पनि सार्नका लागि गरेको प्रस्ताव भने प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । दोस्रो चरणमा बाँकी चार प्रदेशका ४१ जिल्लामा असार १४ मा निर्वाचन हुँदै छ ।***

तपाईको प्रतिक्रिया