Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सन् २०१९ मा हुने एसियन कपका लागि छनौट चरण अन्तर्गत नेपाल र यमनबीचको खेल पर्सि हुँदैछ । खेलका लागि यमनको टोली आज काठमाडौं आइपुगेको छ ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने खेलका लागि जम्मा ७ सय टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघले जनाएको छ । स्थान अभाव तथा सानो प्याराफिट भएका कारण थोरै टिकट बिक्री गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

खेल पर्सि (मंगलबार) दिउँसो तीन बजेबाट सुरू हुनेछ । खेलका लागि टिकटको मूल्य एक हजार तोकिएको छ र सबै टिकट इ–सेवाले मात्र उपलब्ध गराउने एन्फाले जानकारी दिएको छ । टिकटका लागि football.esewa.com.np वा इसेवाका नजिकैको सर्विस सेन्टरमा सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनौटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसैको मैदानमा पराजय ब्यहोरेको थियो ।

तपाईको प्रतिक्रिया