Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नविकरण गरेका पुराना सदस्य र नयाँ सदस्यहरुको नामावली प्रकाशित गरेको छ ।

मिति २०१७ मार्च १२ देखि मे महिनाको ३० तारिख सम्म र पछि ४ दिन थप गरी जुन महिनाको ४ तारिखसम्म आह्वान गरिएअनुसार प्राप्त भएका आवेदनको आधारमा सदस्यहरुको नामावली प्रकाशित गरेको एनआरएन जापानले जनाएको छ ।

मोबाइल एप्लिकेशन मार्फत आवेदन आह्वान गरी रितपुगेका १० हजार १ सय ४० जना सदस्यहरुको नामावली एनआरएन जापानले प्रकाशित गरेको हो । जापानभरिका १३ क्षेत्रहरुबाट प्राप्त सदस्यहरुको नामावली एनआरएन जापानले एक बिज्ञप्तीमार्फत पहिलो चरणमा प्रकाशित गरेको हो ।

बिज्ञप्तीका अनुसार प्रकाशित नामावलीमा दावी विरोधको समयावधि यही जुन ११ देखि जुन १३ सम्म रहेको छ । सदस्यताका लागि आबेदन दिनुहुने सबैले नामावली सूचीमा आफ्नो नाम रहे-नरहेको चेक गर्न अनुरोध गरिएको छ ।

उक्त नामावली सूचीमा जुन ४ तारिखसम्म सदस्यता शुल्क बुझाउनेहरुको मात्र समाविष्ट रहेकोले आबेदन दिएका तर नामावली सूचीमा आफ्नो नाम नभएमा यथाशिघ्र आफ्नो फोटो, परिचय पत्र, फोन नम्बर, सदस्यता शुल्क तिरेको रसिद सहित एनआरएनए कार्यसमिति, क्षेत्रिय समिति समक्ष सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं – बिज्ञप्तीमा भनिएको छ । अन्तिम नामावली जुन १५ तारिख प्रकाशित गरिने बिज्ञप्तीमा उल्लेख छ ।
सदस्यहरुको नामावली सम्बन्धमा चित्त नबुझेमा दावी बिरोधको प्रक्रिया के हुने भन्ने बारेमा भने बिज्ञप्तीमा केही उल्लेख छैन । ***

प्रकाशित नामावली सूची यस प्रकार छ।

१. कान्तो
२. नागोया
३. कान्साई
४. फुकुओका
५. ओकिनावा
६. हिरोशिमा

७. होक्काईडो
८.  निगाता
९. सिजुओका 
१०.  नागानो 
११. गुन्मा 
१२. तोचिगी 
१३. सेन्दाई 

तपाईको प्रतिक्रिया