Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – बंगलादेश च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनल पुगेको छ । शनिबार राति भएको खेलमा अस्ट्रेलिया इग्ल्याण्डसँग पराजित भएपछि बंगलादेश समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो ।

यससँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नै अन्तिम ४ मा पुगिसकेको इंग्ल्याण्डले डकवर्थ लुइस नियम अनुसार अस्ट्रेलियालाई ४० रनले हराएको हो ।

२ सय ७८ रनको लक्ष्य पछ्याएको इग्ल्याण्डले ४० ओभर २ बलमा ४ विकेट गुमाएर २ सय ४० रन बनाएको अवस्थमा पानी परेर खेल रोकिएपछि डकवर्थ लुइस नियम अनुसार इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोकले नटआउट १ सय २ तथा इयान मोर्गनले ८७ रन बनाए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ट्राभिस हेडको ७१, एरोन फिन्चको ६८ र स्टिभ स्मिथको ५६ रन मद्दतमा २ सय ७७ रन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया