Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

टोकियो – जापानमा ओभर-स्टे बसी काम गर्नेहरुको संख्यामा बृद्धि हुँदै गर्दा जापान प्रहरीले काम गर्ने अनुमति नभएकालाई काम नदिन अपिल गरेको छ । प्रहरीले बिदेशीहरुले बढि मात्रामा काम गर्ने स्थानहरुमा गई सम्बन्धित कम्पनीहरुलाई सो अपिल गरेको हो ।

बिशेष गरी टोकियो र सिनागावा क्षेत्रका रेष्टुरेन्ट तथा कन्भिनियन्स स्टोरहरुमा गई बिदेशीहरुलाई काम गराउने बेलामा उनीहरुको रेसिडेन्ट कार्ड राम्रोसंग चेक गरी काम गर्ने अनुमती भए नभएको एकिन गरेर मात्र काममा लगाउन प्रहरीले अनुरोध गरेको हो । प्रहरीले बिभिन्न स्टेशनहरुमा बसी पर्चा पम्प्लेट बाँडेर पनि सार्बजनिक रुपमै सो अपिल गरेको छ ।

जापानभरिमा ओभर-स्टे बिदेशीहरुको संख्या ३ बर्षसम्म लगातार बृद्धि भई यसबर्षको जनवरीमा ६५ हजार जना पुगेको प्रहरीले बताएको छ । सो संख्या अघिल्लो बर्षको तुलनामा ३ हजार जना बढि हो । कुनै पनि कम्पनीले अन्जानमा ओभर-स्टे लगायत काम गर्ने अनुमति नभएकाहरुलाई काम गराउँदा कम्पनी स्वयम सजायँको भागिदार हुनुपर्ने भएको र अबैधानिक रोजगारलाई निरुत्साहित गर्नका लागि पनि यस खालको अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

स्मरण रहोस, बिना अनुमति अथवा भिसामा तोकिए भन्दा फरक प्रकृतिको काम गरेको अभियोगमा पक्राउ परी फिर्ता पठाइएका नेपालीहरुको संख्यामा पनि बृद्धि भईरहेको स्रोतको दावी छ ।***

तपाईको प्रतिक्रिया