Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – दुई दक्षिण अमेरिकन राष्ट्र अर्जेन्टिना र ब्राजिलबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित हासिल गरेको छ । अष्ट्रेलियामा अाज भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको हो ।

अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ग्याब्रियल मेर्काडोले निर्णायक गोल गरे । पहिलो हाफको अन्तिम समयमा ग्याब्रियल मेर्काडोले गोल गर्दै स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई जित दिलाएका हुन् । विश्व फुटबलको दुई दक्षिण अमेरिकन पावर हाउस अर्जेन्टिना र ब्राजिल विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।

अर्जेन्टिना र ब्राजिल आगामी सन् २०१८ मा रुसमा हुने विश्वकपका लागि छनोट खेल खेलिरहेको छ । दक्षिण अमेरिकन क्षेत्रको छनोट आगामी अगस्टमा पुन सुचारु हुनेछ । हालसम्म दक्षिण अमेरिकन छनोटमा ब्राजिल ३३ अंक जोडेर शीर्ष स्थानमा छ भने अर्जेन्टिना २२ अंक जोडेर पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया