Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले बाँडेका छन् । पानी परेर आजको फाइनल खेल अवरुद्ध भएपछि प्रतियोगिताको उपाधि बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।

विजेताले पाउने २० लाख रुपैयाँ र उपविजेताले पाउने भनिएको १० लाख जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो । त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य आर्मीले पछ्याइरहँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिँदासम्म आर्मीले २ ओभर ३ बलमा १ विकेट गुमाउँदै ७ रन बनाएको थियो ।

यसअघि टस हारेर व्याटिङ गरेको पुलिसले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले ३२ तथा सिद्धान्त लोहनीले २० र दिपेन्दै सिंह ऐरीले १९ रन बनाए ।

तपाईको प्रतिक्रिया