Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

कञ्चनपुर – जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले ६ ओटा स्वर्ण पदक हात पर्न सफल भएका छन् ।  जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाले आफ्नो बर्चश्व कायम राख्दै ६ स्वर्ण पदक हासिल गरेका हुन् ।

जिल्लाकी प्रमुख प्रशिक्षक बिन्दू मोक्तान ९खान०को नेतृत्वमा गएको ३३ जना खेलाडी समूहले काठमाण्डौंको दशरथ रङ्गशालामा भएको दुई दिवसीय प्रतियोगितामा आफ्नो बलियो सहभागिता जनाएका थिए । ३३ जनाको सहभागिता मध्ये ६ जनाले स्वर्ण पदक र अन्य सहभागी खेलाडीहरुले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । स्वर्ण पदक पाउँनेमा आर्यन खान, किसान चौधरी, दिपिका चौधरी, यस्तर तामाङ, अञ्जली बी.सी. र नेत्रकुमार तिरुवा रहेका छन् । भने उत्कृष्ट फाइटर पुनर्वासकै किसान चौधरी सो प्रतियोगितामा घोषित भएका हुन् ।

प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता-२०७४ मा पुनर्वासकी बिन्दू मोक्तान (खान) सम्मानित भएका छन् । खेलकूद क्षेत्रमा निस्वार्थ रुपमा निरन्तर समर्पणभाव बोकी सुदूरपश्चिमका जिल्लाहरुमा जापन कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाललाई चिनाउँने र बृहतरुपमा संगठन बिस्तार गर्न योगदान पुर्याएको भन्दै मोक्तान (खान)लाई प्रशंसा स्वरुप सम्मान–पत्रले सम्मानित गरेका हुन् ।  यसरी पुनर्वासको खेल जगतमै ६ ओटा स्वर्ण पदक प्राप्त भएको यो पहिलो घटना हो ।

को हुन् पुनर्वासकी बिन्दू मोक्तान खान ?

कञ्चनपुरको दक्षिण क्षेत्रका एकल स्थापित महिला खेलाडी हुन् बिन्दु मोक्तान खान । प्रतिकूल समयलाई पनि दोष नदिई आफ्नो कर्म र उद्धेश्यप्रति कत्ति पनि बिच्चलित नहुने पुनर्वास÷बेलौरीमै महिला खेलाडीकोरुपमा स्थापित हुँदै आएका एक आशलाग्दा ब्यक्तित्व हुन् बिन्दु मोक्तान खान । सानै उमेरमा खेललाई आफ्नो रुचि बनाएर सितोरियो कराँते खेलमा प्रबेश गरेका उनी बिभिन्न बाधा अबरोधहरुलाई छिचोल्दै हाल उनी जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, जिल्ला कञ्चनपुरका प्रमुख प्रशिक्षकको रुप आफूलाई उभ्याउन सफल भएकिछिन ।

खेलमा निरन्तर अभ्यासको कमी र जनमानसमा उब्जिएको खेल प्रतिको बितृष्णाले उनको खेल जीवनको यात्राले केही समय बिश्रान्ती लिएको देखिन्छ । खेलको प्रतिकूल बाताबरण र गुरुहरुको प्रशिक्षणको अभावले उनी सितोरियो कराँतेको ब्राउन बेल्टमै सीमित रहनु पर्यो । बिन्दू वैवाहिक जीवनमा प्रबेश भइसकेपछि उनले आफ्नो खेल जीवनको यात्रालाई अझ द्रूत गतिमा अगाडि बढाएको देखिन आएको छ । श्रीमान् मोहमद असद खानको भरपुर सहयोग र आफ्ना श्रद्धेय गुरुद्वय कृष्ण र अभिषेक कुमालको प्रशिक्षणले आफ्नो खेलमा निपूर्णता थप्दै बिन्दूले ब्ल्याक वन डन दर्जा हत्याए ।

ब्ल्याक वन डन दर्जा हत्याइसकेपछि उनले एउटा नयाँ अध्यायको शुरु गरे । करिब ९ महिना अगाडि केही प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने उद्धेश्यका साथ उनले शुरुवात गरेको जापान कराँते डो। नाम्बुकाई सितोरियो संघ नेपाल, पुनर्वास शाखामा हाल १ सय ११ जना प्रशिक्षार्थीहरुको सहभागिता जुटेको छ । उनले भने ‘मेरो पहिलो रोजाई खेल नै हुनेछ । तर, समयले के भूमिका दिन्छ त यो भने भन्न सकिदैन ।’

अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै उनले आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन सके मात्र आफ्नो सफलता हुने बताए । औपचारिक शिक्षा स्नातकसम्म गरेकी उनी हाल ३२ वर्षमा हिडिरहेकी छिन् । एक छोरा र एक छोरिकी आमा बनिसकेकि उनी आफ्नो खेल जीवनलाई निरन्तर अगाडि बढाउँन उनी प्रतिबद्ध छिन् ।

तपाईको प्रतिक्रिया