Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – इंग्ल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति सकिएको खेलमा न्युजिल्याण्डलाई ८७ रनले हराएको इंग्ल्याण्डले समूह ‘ए’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई सय २३ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान केन विलियमसनले ८७, रोस टेलरले ३९ तथा जेम्स निशामले १८ रन बनाएपनि हार टार्न सकेनन् ।

इंग्ल्याण्डका लियम प्लुन्किट्टले चार तथा ज्याक बल र अदिल रशिदले समान दुई दुई विकेट लिए । यसअघि कार्डिफमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले तीन बल बाँकी हुँदा सबै विकेटको क्षतिमा तीन सय १० रन बनायो ।

उसका लागि जोए रुटले ६४, जोस बट्लरले ६१, एलेक्स हल्सले ५६ तथा बेन स्टोकले ४८ रनको योगदान गरे । न्युजिल्याण्डका एडम मिल्ने र कोरी एन्डरसनले तीन तीन तथा टिम साउथीले दुई विकेट लिए ।

लगातार दुई खेल जितेर अन्तिम चारमा स्थान पक्का गरेको इंग्ल्याण्डको चार अंक भएको छ भने एक अंकमात्रै जोडेको न्युजिल्याण्ड समूहको पुछारमा छ । प्रतियोगिता अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबिच खेल हुनेछ । बर्घिंमहममा हुने खेल बेलुका सवा ६ बजेपछि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया