शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको गरिब घरपरिवार पहिचान सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा २५ जिल्लाका गरिब पहिचान गरेको छ ।

२५ जिल्लामा तीन लाख ९१ हजार नौ सय ८७ जना गरिब रहेको तथ्यांक तयार गरिएको छ । त्यसमध्ये अति गरिब एक लाख ८८ हजार ३ सय १८, मध्यम गरिब एक लाख १९ हजार सात सय ८३ र सिमान्त गरिबमा ८३ हजार ८ सय ७६ जना रहेको बोर्डले जनाएको छ ।

बाजुरामा सबैभन्दा धेरै गरिब

गरिब घरपरिवार पहिचान, सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा अध्ययन गरेका २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा धेरै गरिब भेटिएको मन्त्री हृदयराम थानीले बताउनुभयो ।

उहाँका अनुसार बाजुरामा ६४.१ प्रतिशत गरिब छन् । सबैभन्दा कम अर्थात् १४.८ प्रतिशत गरिब तनहुँमा रहेको बोर्डको प्रतिवेदन छ ।

तपाईको प्रतिक्रिया