Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ ।

३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी भएको हो ।

श्रीलंकाका उपुल थारंगाले ५७, कुशल परेराले नटआउट ४४ र निरोशन डिकवेलाले ४१ रनको योगदान गरेपनि टीमलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अम्लाको १ सय ३ र फाफ डू प्लेसीसको ७५ रन मद्दतमा २ सय ९९ रन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया