Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि २० सदस्यीय टोलीको घोषणा गरिएको छ । एएफसी एसियन कप २०१९ को छनौट खेलको अभ्यासका लागि नेपाल र भारतबिच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

प्रशिक्षक ग्योतोकी कोजीले फिलिपिन्ससँग खेलेको टोलीमा केही परिवर्तन गरेका छन् । रंजित धिमाल र विक्रम लामा यसपटक टिममा परेनन् भने बिमल बस्नेत र हेमन्त थापाले स्थान बनाएका छन् ।  गोलकिपरमा विकेश कुथु, किरण लिम्बु र विशाल श्रेष्ठ, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की छन् ।

यस्तै, मिडफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ तथा फरवार्डमा बिमल घर्ति मगर, भरत खवास र नवयुग श्रेष्ठ छन् । नेपालले आइतबार भारतको राष्ट्रिय टिमसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया