Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– जापानमा ओभरस्टे बसी काम गर्नेहरुको संख्यामा बृद्धि हुंदै गर्दा जापान प्रहरीले काम गर्ने अनुमति नभएकालाई काम नदिन अपिल गरेको छ । प्रहरीले धेरै बिदेशीहरुले काम गर्ने स्थानहरुमा गई सम्बन्धित कम्पनीहरुलाई सो अपिल गरेको हो ।

बिशेष गरी टोकियो र सिनागावा क्षेत्रका रेष्टुरेन्ट तथा कन्भिनियन्स स्टोरहरुमा गई बिदेशीहरुलाई काम गराउने बेलामा उनीहरुको रेसिडेन्ट कार्ड राम्रोसंग चेक गरी काम गर्ने अनुमती भए नभएको एकिन गरेर मात्र काममा लगाउन प्रहरीले अनुरोध गरेको हो । प्रहरीले बिभिन्न स्टेशनहरुमा बसी पर्चा पम्प्लेट बाडेर पनि सार्बजनिक रुपमै सो अपिल गरेको छ ।

जापानभरिमा ओभरस्टे बस्ने बिदेशीहरुको संख्या ३ बर्षसम्म लगातार बृद्धि भई यसबर्षको जनवरीमा ६५ हजार जना पुगेको प्रहरीले बताएको छ । सो संख्या अघिल्लो बर्षको तुलनामा ३ हजार जना बढि हो । कुनै पनि कम्पनीले अन्जानमा ओभरस्टे लगायत काम गर्ने अनुमति नभएकाहरुलाई काम गराउंदा पनि कम्पनी आफै सजाँयको भागिदार हुनुपर्ने भएको र अबैधानिक रोजगारलाई निरुत्साहित गर्नको लागि पनि यस खालको अभियान संचालन गरेको प्रहरीले जनाएको छ ।

स्मरण रहोस, बिना अनुमति अथवा भिसामा तोकिए भन्दा फरक प्रकृतिको काम गरेको अभियोगमा पक्राउ परी नेपाल फर्काइएका नेपालीहरुको संख्यामा पनि बृद्धि भएको श्रोतको दावी छ । यता अवैधानिक रुपमा काम लगाएको आरोपमा जापानका विभिन्न स्थानहरुबाट कम्पनी संचालकहरु पक्राउ परेका समाचारहरु पनि बढिरहेका छन् ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया