Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– जापान पोष्टले २३ बर्षपछि आज जुन १ तारिखदेखि लागु हुने गरि हुलाक टिकट र पोष्ट कार्डको मूल्य बृद्धि गरेको एनएचके टेलिभिजनले जनाएको छ । हालसम्म ५२ येनमा बिक्री गरिदैं आएको पोष्टकार्ड अब ६२ येन पर्ने भएको छ । यसका साथै दुईतर्फी प्रयोग गर्न मिल्ने पोष्टकार्डको पनि मूल्य बृद्धि भई १०४ येनबाट १२४ येन भएको समाचारमा उल्लेख छ । डिजिटल प्रबिधीको बिकाससंगै हुलाक टिकट तथा पोष्टकार्डको प्रयोगकर्ता कम हुंदै जानु र कर्मचारीको खर्चमा भने बृद्धि हुंदै जानु त्यसको प्रमुख कारण भएको जापान पोष्ट कम्पनीले बताएको छ ।

त्यसैगरी, साधारण चिठिपत्र बाहेक तौलको आधारमा टिकट लाग्ने डांकहरुमा पनि ८५ येनदेखि १०० येनसम्म मुल्यबृद्धि भएको समाचारमा बताईएको छ । जापान पोष्ट कम्पनीले पोष्टकार्ड ब्यवसायमा मात्र सन् २०१५ मा ३० अर्ब येन बराबरको घाटा बेहोर्नु परेको सो कम्पनीले बताएको छ । पोष्टकार्डको बिक्री सन २००२ मा ७ अर्ब ८० करोड वटा भएकोमा त्यसपछि लगातार घट्दै सन २०१५ मा ६ अर्ब ३० करोड वटा बिक्री भई २० प्रतिशतले कम भएको हो ।

ठूलो घाटा भएको कारण बाध्य भएर टिकटको मूल्य बृद्धि गर्नु परेको बताईएको छ । स्थापनादेखि जापान सरकारको पूर्ण स्वामित्वमा रहेको जापान पोष्ट सन् २००७ को अक्टोबर महिनादेखि नीजिकरण गरिएको हो ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया