शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – पश्चिमाञ्चल विकास क्षेत्रले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बिहीबार मध्यपश्चिमाञ्चललाई ९ विकेटले हराउँदै पश्चिमाञ्चल ले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ ।

६३ रनको लक्ष्य पश्चिमाञ्चलले मात्र ११ ओभर १ बलमा १ विकेट गुमाएर भेट्टाएको हो । पश्चिमाञ्चललाई जिताउन अनिल गुरुङले २३ र नुरध्वज सेनले १९ रनको योगदान गरे ।

त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमा अलआउट भएको थियो । अमर रौतेला राजवीर सिंह र सुबेन्दु पाण्डेले समान १३÷१३ रन बनाउनुबाहेक मध्यपश्चिमका अरुले दोहारो अंकमा रन जोड्न सकेनन् ।

पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले चारचार विकेट लिएको खेलमा मध्यपश्चिमका ६ जना ब्याट्स्म्यान शुन्य रनमा आउट भए । विपिनले ७ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिए भने लाल ले ५ ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

तपाईको प्रतिक्रिया