Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेपालबाट जापान आइ बसोबास गर्दै आएका ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले दर्शन म्यूजिकल नाइट गर्ने भएको छ ।
स्थापनाकालदेखि नै जापानमा रहेर विभिन्न सामाजिक कृयाकलापमा सकृय रहेको दर्शन समाजले यस पटक भने साँगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजले ख्यातिप्राप्त गायक तथा गायिकाहरुको उपस्थितिमा यही जुलाई १६ तारिख (आइतबार)का दिन टोकियोस्थित कसुगा बुन्क्यो कु टोकियो बुनक्यो सिबिल हलमा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमका लागि तयारी तीव्र रुपमा भइरहेको आयोजकको भनाइ छ । समाजले यस प्रकारको कार्यक्रम पहिलो पटक गर्न लागेको हो । कार्यक्रम सफल पार्न र सो दिन अन्य कार्यक्रम नजुधाइदिनका लागि आयोजकले जापानवासी नेपालीहरु समक्ष आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया