शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – कैलालीको धनगढीमा जारी डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा आजदेखि दोश्रो चरणका खेल सुरु हुने भएका छन् । २९ वटा टिमले सहभागीता जनाएको प्रतियोगीताको नकआउटका आधारमा खेलाईएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ वटा टिम छनौट भएका छन् ।

दोश्रो चरणमा १५ वटा टिम छनौट भएपछि एरिष्टो ईग्लीस बोर्डीङ स्कुल वाई पाएर अन्तीम ८ मा पुगेको छ । दोश्रो चरणमा पनि १४ वटा टिमले नक आउटका आधारमा खेल खेल्नेछन् भने उत्कृष्ट ८ वटा टिमको छनौट भएपछि प्रतियोगिता लिग चरणका आधारमा खेलाईने छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितीय हुनेलाई १५ हजार सहित ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया