Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– आजकाल जापानका कन्भियन्स स्टोरहरु मध्ये बिदेशी बिद्यार्थीहरु पार्टटाइम कामदारको रुपमा नभएको नगन्य नै होला । यसै बिच कन्भिनियन्स स्टोरमा काम गर्ने बिदेशी बिद्यार्थीहरु छनौट गर्ने उदेश्यले हालै टोकियोको एक भोकेसनल स्कुलले कन्भिनियन्स स्टोरका संचालक कम्पनीसंगको संयुक्त आयोजनामा एक सेमिनारको आयोजना गरेको छ । कन्भिनियन्स ब्यवसायमा फ्रान्चाइजको रुपमा रहेका स्टोरहरुको कामदार अभावलाई सहयोग गर्ने उदेश्यले तोसिमा–कु स्थित एक सेन्मोन गाक्कोमा सो सेमिनारको आयोजना गरिएको हो । २० जना विदेशी बिद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा कन्भिनियन्स स्टोरको तर्फबाट कामको बारेमा बिस्तृत जानकारी गराईएको थियो । सो कन्भिनियन्स कम्पनीले आफ्नो मातहतमा रहेका जापानभरीका करिब १२ हजार स्टोरहरुमा गरेको सर्बेक्षणमा ८० प्रतिशतले कामदारको अभाव रहेको बताएका थिए ।

अर्कोतर्फ टोकियोमा २४ वटा कन्भिनियन्स स्टोर संचालन गर्दै आएका संचालकले बिदेशी बिद्यार्थी बिनाको कन्भिनियन्स स्टोरको संचालन सोंच्नै नसकिने प्रतिकृया दिएका छन् । भाषा तथा संस्कृति फरक भएको कारण काम सिकाउन केहि समय लाग्ने भएपनि आगामी दिनमा अझ बढि बिदेशी बिद्यार्थीहरुलाई काम दिने सोंच बनाएको उनले बताए । यस पटक सेमिनार आयोजना गरेको फ़्यामिली मार्टका बजार प्रवर्धन अधिकारी उएनो दाइसुकेले फ़्यामिली मार्टमा पनि कामदारको ठूलो अभाव खड्किएकाले आगामी दिनमा पनि बिदेशी बिद्यार्थीहरुलाई कामदारको रुपमा बढि भन्दा बढि भर्ना गर्ने रणनिति रहेको खुलासा गरे ।

पछिल्लो समयमा कन्भिनियन्स स्टोरमा पार्टटाइम तथा फुलटाइम काम गर्ने नेपाली बिद्यार्थीहरुको संख्या पनि बढ्दै गएको पाइन्छ ।

हेर्नुहोस समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया