Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदन अध्ययन गरेपछि उचित निर्णय गरिने आयोगले जनाएको छ ।

समितिले मंगलबार चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणना स्थलमा खटिएका कर्मचारी, निर्वाचन अधिकृत र जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेको थियो । स्थलगत अध्ययनपछि समितिका सदस्यहरु मंगलबार नै काठमाडौं फर्किएका छन् ।

समितिको प्रतिवेदन अध्ययन गरेपछि आयोगले भरतपुर वडा नम्बर १९ मा फेरि चुनाव गर्ने या मतगणनालाई निरन्तरता दिने भन्ने निर्णय गर्नेछ । नेकपा एमालेले फेरि चुनाव कुनै हालतमा अमान्य हुने भन्दै मतगणनालाई निरन्तरता दिन माग गरेको छ ।

चितवन कांग्रेस र माओवादी केन्द्रले भने वडा नंं. १९ मा फेरि चुनाव गर्नुपर्ने बताएका छन् । मतपत्र च्यातिएका कारण फेरि चुनाव हुने हो भने यसबाट गलत नजिर बस्ने भन्दै मतगणनालाई निरन्तरता दिनु नै उचित हुने धेरैको भनाई छ । आयोगले भरतपुर घटनालाई गम्भीर रुपमा लिएको भन्दै उचित निर्णय लिने बताएको छ ।

आइतबार राति मतगणना अन्तिम चरणमा पुगेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो । मतपत्र च्यात्ने माओवादीका दुईजना प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । माओवादीले भने तानातानमा मतपत्र च्यातिएको दाबी गरेको छ ।

प्रहरीले माओवादीकै प्रतिनिधिले मतपत्र च्यातेको बताएपनि यसबारे माओवादीको केन्द्रीय स्तरबाट कुनै प्रतिक्रिया नआएको भन्दै आलोचना भएको छ । एमालेले मतपत्र च्यात्ने घटना योजनाबद्ध भएको दावी गरेपनि भरतपुरमा चुनावी तालमेल गरेका कांग्रेस र माओवादीले यसको खण्डन गरेका छैनन् ।

मतगणना चल्दै गर्दा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा सोचेजस्तो मत नआएपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । वडा नम्बर १९ मा २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गन्दा एमालेका देवी ज्ञवालीको अग्रता ७ सय ३३ रहेको थियो । तर माओवादीले वडा नम्बर १९ मा ज्ञवालीसँगको मत अन्तर कम हुने अपेक्षा गरेको थियो ।

भरतपुरमा १ लाख १२ हजार मत खसेकोमा एकलाख आठ हजार मत गणना भइसकेको छ । अब चार हजार मत मात्रै गन्न बाँकी छ । वडा नं. १९ को मत गणना सकेर २० को गणना गर्न बाँकी छँदा मतपत्र च्यातिएको हो ।

तपाईको प्रतिक्रिया