शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – वर्षाका कारण खेल प्रभावित भएपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले अंक बाँडेका छन् ।

मध्य पश्चिमाञ्चलले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा मध्यमाञ्चलले पाँचौ ओभरमा १ विकेट जाँदा २३ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

त्रिवी मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २३ रन बनाएको हो । उसका राजविर सिंहले ६३ रन बनाएका थिए । मध्यमाञ्चलका किशोर महतोले ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया