शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – बार्सिलोनाले एर्नेस्टो भाल्भेर्डेलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । सिजनको अन्त्यसँगै लुइस इन्ड्रिक प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएपछि बार्सिलोनाले भाल्भेर्डेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।

भाल्भेर्डे बार्सिलोनाका पूर्व फरवाड हुन् । उनले गएको हप्ता एथ्लेटिको बिल्बाओ छोड्ने घोषणा गरेका थिए । भाल्भेर्डे चार वर्षदेखि एथ्लेटिको बिल्बाओका प्रशिक्षक थिए । भाल्भेर्डेले इन्ड्रिकको ठाउँ लिएका छन् । इन्ड्रिकले गएको मार्चमा सिजनको अन्त्यमा क्लब छोड्ने बताएका थिए । बार्सिलोनासँग उनले तीन वर्षको सम्झौता गरेका थिए ।

यो सिजन बार्सिलोना ला लिगामा दोस्रो स्थानमा रह्यो भने कोपा डेल रे को उपाधि जित्यो । इन्ड्रिकले बार्सिलोनामा आफ्नो पहिलो वर्षमा च्याम्पियन्स लिग, ला लिगा र कोपा डेलको उपाधि दिलाए भने सन् २०१६ मा ला लिगा र कोपा डेल रे तथा यो वर्ष कोपा डेल रेको उपाधि दिलाए ।

इन्ड्रिकको ठाउँमा आएका भाल्भेर्डेसँग बार्सिलोनाले दुई वर्षको सम्झौता गरेको छ । ५३ वर्षका भाल्भेर्डे क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरिएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिए बार्टोमेउले बताएका छन् ।

तपाईको प्रतिक्रिया