Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले प्रथम अधिवेशन गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको क्लबले आउँदो जुन १३ तारिखका दिन प्रथम अधिवेशन गर्ने भएको हो ।

स्थापना भएसंगै जापानमा हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले गत में १ तारिखमा तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । क्लबको अधिवेशन पहिले नै गर्नुपर्ने भएपनि अध्यक्षको स्वास्थ्यमा समस्या देखिएकाले ढिलो गरी अधिवेशन गर्न लागेको क्लबका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ्गको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा व्यवसायमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको क्लब जापानवासी नेपालीबीच परिचित हुदै गएको छ ।

अधिवेशनमा गल्कोट स्पोर्ट्स क्लब टोकियोका सम्पुर्ण सल्लाहकार, पदाधिकारी एवं शुभचिन्तक लगाएत सम्पुर्ण गल्कोटेलाई उपस्थितीका लागि अनुरोध गरिएको छ । दिउँसो ३ बजे ओमोरीस्थित नाता थकाली भान्छा घरमा हुने प्रथम अधिवेशनमा सहभागिताका लागि सबैलाई आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया