Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो–उत्तर कोरियाले जापानी समय अनुसार आज दिउंसो २ बजे पुन नयाँ मोडेलको मिसाइल प्रक्षेपण गरेको खबर आसाही टेलिभिजनले प्रशारण गरेको छ । सो टेलिभिजनले कोरियाको केन्द्रिय समाचार एजेन्सीलाई उदृत गर्दै नयां प्रबिधी र मोडेल सहितको बिमान अबरोधक मिसाइलको परिक्षण प्रक्षेपण गरेको बताएको हो । सो प्रक्षेपण सफल भएको र उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनले पनि परिक्षण सफल भएको प्रतिक्रिया दिएको समाचार एजेन्सीले जनाएको छ । गत बर्षको अप्रिल महिनामा यस्तै प्रकारको मिसाइल प्रक्षेपण गरिएको भएपनि सो मिसाइलमा समस्या देखिएको थियो । गतबर्षको प्रक्षेपणमा देखिएका समस्याहरुलाई समाधान गरी यस पटकको परिक्षण गरिएको समाचारमा उल्लेख छ । उक्त मिसाइलमा निशाना पत्ता लगाउने र शत्रुको हवाई आक्रमणलाई आकाशमै नष्ट गर्न सक्ने बताईएको छ ।

पछिल्लो दिनहरुमा अमेरिकाद्वारा उत्तर कोरिया बिरुद्ध लिएको कडा निति र सोहि अनुरुपको सेना परिचालनलाई जवाफ दिन यो एउटा कदमको रुपमा लिईएको छ । उता अमेरिकाले सामुद्रिक बाटो हुंदै उत्तर कोरिया नजिकको क्षेत्रमा बिमानबाहक पानीजहाजहरु पठाईरहेको छ । यता उत्तर कोरियाले भने यो बर्ष लागेपछि मात्र ५ पटक मिसाइल प्रक्षेपण गरिसकेको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया