Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– जापान सरकारले अब प्राथमिक स्तरदेखि नै अंग्रेजी शिक्षा लागु गर्ने नीति लिने भएको छ । जस अनुसार सन् २०१८ देखि प्राथमिक स्तरको कक्षा ३ देखि अंग्रेजी भाषाको पाठ्यक्रम लागु गर्ने यहांको शिक्षा मन्त्रालयले शुक्रबार संचार माध्यामहरु मार्फत जानकारी दिएको छ । यस अघि कक्षा ५ देखि मात्र अंग्रेजीको पाठ्यक्रम राखिएको थियो ।

सन २०२० देखि नयां शिक्षा नियमावली लागु गर्ने जापान सरकारको योजना रहेको पनि शिक्षा मन्त्री मत्सुनो हिरोकाजुले बताए । जापानले हरेक १० बर्षमा शिक्षा नियमावलीको पुनरावलोकन गरी समय सापेक्षित रुपमा आवश्यकता अनुसार संशोधन गर्ने गरेको छ । नयाँ  शिक्षा नियमावली अनुसार बिदेशी भाषामा जोड दिने गरि प्राथमिक स्तर देखिनै अंग्रेजी शिक्षा लागु गर्न खोजिएको समाचारमा उल्लेख छ । नयाँ  शिक्षा नियमावली लागु गर्नको लागि ३ बर्षको समयलाई संक्रमणकाल अथवा परिक्षणकालको रुपमा राखी सन् २०२१ देखि पूर्ण रुपमा कार्यान्वयन गर्ने योजना रहेको मन्त्री मत्सुनोले बताए ।

ब्यवहारिक रुपमा जापानी शिक्षा प्रणाली राम्रो भएपनि अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धा गर्नको लागि जापानी बिद्यार्थीहरुलाई भाषाको समस्या रहेको सम्बन्धित क्षेत्रका जानकारहरुले बताउंदै आएका छन् ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया