शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ अन्तर्गत पूर्वाञ्चल र सुदुरपश्चिमकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसअघि हिजो सम्पन्न खेलमा पूर्वाञ्चललाई नौं विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । जितसँगै दुई खेलबाट चार अंक बटुल्दै पुलिसले सेमिफाइनलको यात्रा बलियो बनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोलिसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया