शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई ९ विकेटले हराउँदै पुलिस एक खेल अगावै समूह बि बाट सेमिफाइनलमा पुगेको हो ।

पूर्वाञ्चलले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले १७ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुनिल धमलाले ५२ तथा दिलिप नाथले ३६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । उसका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका सिद्धान्त लोहनीले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २–२ विकेट लिए । प्रतियोगितामा शुक्रबार पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमबिच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया