शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २-० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो ।

जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे ।


इंग्लिस प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको म्यानयुका लागि युरोपा लिगको उपाधि महत्वपूर्ण रह्यो । यो सिजन म्यानयुले छैठौँ स्थानमा रहँदै प्रिमियर लिग सकेको हो ।

तपाईको प्रतिक्रिया