शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – युरोपा लिग फुटबल प्रतियोगिताको फाइनल आज राति हुँदैछ । स्विडेनको स्टकहोल्ममा हुने फाइनलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेड र नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भिड्दैछन् ।

यो खेलको विजेताले अर्को सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने भएकाले म्यान्चेस्टर युनाईटेडका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

पोर्चुगिज प्रशिक्षक जोजे मौरीन्होले यो सिजनको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडलाई शीर्ष चारभित्र पार्न सकेका छैनन् । त्यसैले उनका लागि आज राति हुने खेल विशेष महत्वको हुनेछ ।

उता डच क्लब आयाक्स भने जारी सिजनको घरेलु लिगमा दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।

युरोपा लिगको आज हुने फाइनललाई म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक मौरीन्होको अनुभव र आयाक्सका युवा खेलाडीहरुको जोशबीचको भिडन्तको रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया