शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – रियल मड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियल मड्रिडले मालागालाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमा गोल गरे र करिम बेन्जामाले ५५ औँ मिनेटमा गोल गरे । रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो । बार्सिलोनाले इबारलाई ४–२ गोल अन्तरले पराजित गरे पनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउँदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जितेको हो ।

रियलले यो सिजन ३८ खेलमा ९३ अंक जोडेको छ । बार्सिलोना समान ३८ खेलमा ९० अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेस्सीको २ गोलमा इबारलाई पराजित गर्यो । बार्सिलोनाको जितमा मेस्सीको दुई साथै स्वारेज र जुन्काले एक एक गोल गरे । इबारको इन्वीले दुई गोल गरे ।

तपाईको प्रतिक्रिया