Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

धादिङ  – धादिङ वेनीघाट रोराङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पित्तबहादुर डल्लाकोटी अध्यक्षमा विजयी हुनुभएको छ । डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गिरिराज कंडेलले ५ हजार २ सय ५५ मत ल्याउनुभएको छ ।

त्यस्तैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत ल्याएर विजय हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याउनुभएको छ ।

बेनीघाट रोराङ गाउँपालिकामा नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए । १६ हजार ८ सय ९७ मतदाता रहेको बेनीघाट रोराङ गाउँपालिकामा १३ हजार ४ सय ७२ मत खसेको थियो।

तपाईको प्रतिक्रिया