Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

भक्तपुर  – भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाल मजदूर किसान पार्टीको प्यानल विजयी भएको  छ । वडा अध्यक्षमा श्यामकृष्ण खत्रीले १ हजार ३७६ मतसहित विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ५०४ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत पाउनुभयो । त्यसैगरी महिला सदस्यमा नेमकिपाका गंगालक्ष्मी बमनु, सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ ।

अहिले वडा नम्बर २ को मतगणना सुरु भएको छ । भक्तपुरको तीन नगरपालिकामा मत गणना जारी छ । जस अनुसार भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा, मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा र सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेद्वार अग्रस्थानमा रहेका छन् ।

चाँगुनारायण नगरपालिकामा भने विवादका कारण वडा नम्बर ६ को मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ ।

तपाईको प्रतिक्रिया