Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रुकुम  – माओवादी केन्द्रले रुकुम जिल्लाका दुईवटा वडा र नेपाली कांग्रसले एक वडाको पूरै प्यानल जितेर विजयी सुरुवात गरेका छन् । बाँफिकोट गाउँपालिका १ बाट माओवादी केन्द्रका हर्कु मल्लको प्यानल र सानीभेरी गाउँपालिका १ मा पनि माओवादी केन्द्रका उम्मेद्वार टेकबहादुर पुनको प्यानल विजयी भएको हो ।

त्यस्तै मुसिकोट नगरपालिका २ मा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर २ मा विजयी सुरुवात गरेसँगै नेपाली कांग्रेस अगाडि देखिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार महेन्द्र केसी आठ सय ११ मतका साथ पहिलो स्थानमा रहनु भएको छ  । दोस्रो स्थानमा माओवादी केन्द्रका देविलाल गौतम  चार सय ५४ मतका साथ  दोस्रो स्थानमा हुनुहुन्छ भने  एमालेका विमलकुमार पुनले दई सय २३ मतका साथ तेस्रो स्थानमा रहनु भएकको छ ।

जिल्लाका मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा मतगणना सुरु भएको छ । त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन ।

तपाईको प्रतिक्रिया