Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रसुवा  – रसुवाको चारवटा गाउँपालिकामा आइतबार रातिदेखि मतगणना भइरहेकोमा अहिलेसम्म एक हजार ५ सय ५७ मतगणना सकिएको छ । पार्वतीकुण्डमा ३ सय, उत्तरगयामा ६ सय, नौकुण्डमा दुई ५७ र कालिकामा ४ सय मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौकुण्ड गाउँपालिका: दुई सय ५७ मत गणना भएकोमा नेपाली कांग्रेस अगाडि देखिएको छ । नेपाली कांग्रेसका नुर्पु साङ्वो घलेको एक सय ५७, नयाँ शक्ति पार्टीका भूमे लामा ६८ , नेकपा एमालेका विकास तामाङको २८ र स्वतन्त्रका लक्षिन नुर्पु तामाङको ३ मत आएको छ । २२ मत बदर भएको छ ।

कालिका गाउँपालिका: ४ सय मत गणना भएकोमा प्रमुखमा नेकपा एमाले अगाडि देखिएको छ । नेकपा एमालेको सिता कुमारी पौडेलको एक सय २३, माओवादीका उद्धव रिजालको एक सय २२, नेपाली कांग्रेसका साधुराम पौडेलको ९७, नयाँ शक्ति पार्टीका कृष्ण वहादुर तामाङको ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटाको १ मत आएको छ ।

उत्तरगया गाउँपालिका: ६ सय मत गन्दा नेपाली कांग्रेस अगाडि देखिएको छ । नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२, नयाँ शक्तिका इन्द्रप्रसाद सापकोटाको एक सय ६४ र नेकपा माओवादीका मेघनाथ घिमिरेको ५४ मत आएको छ । वडामा भने नयाँ शक्ति अगाडि देखिएको छ ।

पार्वतीकुण्ड गाउँपालिका: नयाँ शक्तिका बुचुङ तामाङको एक सय ८८, मोआवदीका फुर्पु तेन्जिन तामाङको ४१, नेकपा एमालेका लाक्पा गोम्वो तामाङको ३७ र नेपाली कांग्रेसका अविनास तामाङको ४ मत आएको छ । ४ वटा मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया