Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो– केहि साता अघिदेखि लगातार रुपमा मिसाइल प्रक्षेपण गर्दै आएको उत्तर कोरियाले आज बिहान ५ बजेर २८ मिनेट जांदा पुन: शक्तिशाली बैलिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेना तथा जापानी सरकारी निकायले सो कुराको पुष्टी गरेको हो । आज प्रक्षेपण गरेको मिसाइल ३० मिनेटसम्म उडेर ८०० किलोमिटरको दुरी पार गरी जापानी समुद्रमा खसेको बताईएको छ । सो क्षेत्र जापानको बिशेष आर्थिक क्षेत्रबाट भने बाहिर रहेको समाचारमा उल्लेख छ ।

दक्षिण कोरियामा नयां राष्ट्रपति चुनिएपछि उत्तर कोरियाद्वारा पहिलो पटक मिसाइल प्रक्षेपण गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति मुनले संबादद्वारा समस्या समाधान गर्ने बताइरहंदा उत्तर कोरियाद्वारा पुन: गरिएको मिसाइल प्रक्षेपणले स्थिति जटिल बनाउन सक्ने बताईएको छ । राष्ट्रपति मुनले उत्तर कोरियाको ब्यवहारमा परिवर्तन हुनु जरुरी रहेको बताएका छन ।

मिसाइल प्रक्षेपणको बारेमा प्रतिकृया दिंदै जापानी रक्षामन्त्री इनादाले यस पटकको मिसाइल २ हजार किलोमिटर उचाइमा पुगेको अनुमान गर्दै शक्तिशाली भएको बताइन । यसैगरी, संचार माध्यामसंग प्रतिकृया दिंदै जापानी प्रधानमन्त्री सिन्जो आबेले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायको बिरोधको बाबजुद पनि यस्तो हर्कत गर्ने उत्तर कोरियाबिरुद्ध थप आर्थिक नाकाबन्दि लगाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । साथै उत्तर कोरियाको गतिबिधी बिरुद्ध सचेत हुनुपर्ने पनि बताएका छन ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया