Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं  – झण्डै दुई दशकपछि आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लाग नागरिकले आइतबार मतदान गर्दैछन् । राजनीतिक प्रणाली परिवर्तनका लागि देशमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा स्थानीय तहको चुनाव हुन लागेको हो । आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म पहिलो पटक स्थानीय तहको चुनाव हुँदैछ ।

तीनवटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा सबै तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानको लागि मतदाता घरबाट हिँड्ने क्रम सुरु भइसकेको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

पहिलो चरणको चुनावबाट १८६ गाउँपालिकाका अध्यक्ष, १८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५९८ वडा अध्यक्ष, दुई हजार ५९८ वडा सदस्य, दुई हजार ५९८ महिला वडा सदस्य र दुई हजार ५९८ दलित महिला वडा सदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १५६ सहित १३ हजार ५५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ ।

देशमा १५ वर्षदेखि कर्मचारीले सञ्चालन गर्दै आएको स्थानीय तहको नेतृत्व यो निर्वाचनबाट जनप्रतिनिधिमा हस्तान्तरण हुने भएकाले पनि मतदाताहरू धेरै नै उत्सुक देखिएका छन् ।

आजको चुनावमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, जसमा नौ हजार ८३ महिला वडा सदस्य र सात हजार ५२६ दलित महिला वडा सदस्यको उम्मेद्वारी छ ।

उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि आयोगले मतदातालाई आग्रह गरेको छ ।

जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न पनि मतदातालाई सचेत गराउँदै आयोगले यो निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिन पनि आयोगले सुझाव दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको चुनावमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्दै छन् ।

तपाईको प्रतिक्रिया