Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानवासी नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या र समाधानका उपायहरुबारे अध्ययन गर्न गठित ‘स्वास्थ्य समस्या तथा पहुँच सम्बन्धी अध्ययन समिति’ले आज प्रतिवेदन बुझाएको छ । गैर आबसीय नेपाली संघ, जापान ले डा.विजय ज्ञवालीको संयोजकतामा गठित समितीले आज गैर आवासीय नेपाली संघ, जापानका अध्यक्ष सुदन थापालाई २४ पृष्ठ लामो प्रतिबेदन बुझाएको हो ।

अध्ययन प्रतिवेदनमा जापानवासी नेपालीका स्वास्थ्य समस्या र समस्याका समाधानका लागि गर्न सकिने पहललाई समावेश गरिएको छ । जस अनुसार स्वास्थ्य समस्याको निराकरणका लागि भाषा अनुवादक, स्वयंसेवक र स्वास्थ्यकर्मीसहितको सयन्त्र गठन गर्नुर्ेपर्नेि उल्लेख छ । यस्तै समितीको प्रतिवेदनमा धेरै स्कुलले विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण नगर्ने गरेकाले पनि समस्या भएको र यसका लागि
नेपाली राजदूतावास र एनआरएनए जापानले सम्बधित निकायको ध्यान आकर्षा गराउन आवश्यक छ, भनिएको छ ।

प्रतिवेदन अनुसार जापान आउनुभन्दा पहिले स्वास्थ्य परिक्षण नगराउनु र जापानमा पनि कुनै परिक्षण नगराउने भएकाले पनि जापानवासी नेपालीका स्वास्थ्य समस्या बढी देखिने गरेको छ । स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीले स्वास्थ्य र खानपानमा ध्यान नदिंदा पनि नेपाली समुदायमा गम्भिर स्वास्थ्य समस्या देखिने गरेको उक्त अध्ययन प्रतिवेदनले देखाएको छ ।

चेतनाको अभावले धूम्रपान तथा मध्यापानको बानी बसेको अधिकांशमा स्वास्थ्य समस्या देखापर्ने र कतिपयको मृत्यु हुने गरेको अध्ययनमा उल्लेख छ । अध्ययन प्रतिवेदनमा जापानवासी नेपालीमा देखिने गरेको स्वास्थ्य समस्या समाधानका लागि नेपाली राजदूतावास र एनआरएनए जापानले सम्बधित निकायको ध्यान आकर्षा गराउन आवश्यक रहेको उल्लेख गरिएको ।

समितिले अध्ययनका क्रममा ३ सय ५३ र्सवसाधारण, स्वास्थ्य भाषा अनुवादक, हेल्थ कोअर्डिनेटर विषय बिज्ञहरुसँग समेत परामर्श र छलफल गरेको थियो । २४ पेज लामो प्रतिबेदनमा समितिले ७ बुँदे निष्कर्षनिकालेको छ, जसका आधारमा १० बुँदाको सुझाब बुझाएको छ । ***

तपाईको प्रतिक्रिया