Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-बिदेशी महिलाहरुलाई अबैधानिक रुपमा काम लगाएको आरोपमा ओसाका प्रहरीले ओसाकाको इजुमिसानो सिटीमा अवस्थित फ़ुड असिस्ट नाम गरेको मासु कम्पनीका ६८ बर्षिय मालिक, उनकी श्रीमती र अन्य ४ जनालाई पक्राउ गरेको छ । उक्त कम्पनीले फ़ेब्रुअरी महिनामा भाषा अनुबादक भिसामा जापान आएका ५ जना नेपाली महिलाहरुलाई मासु कम्पनीको कारखानामा याकितोरी बनाउने काम लगाएको सान्केइ अन्लाइनले जनाएको छ ।

सो कम्पनीमा यसरी अबैधानिक रुपमा काम गर्ने नेपाली मात्र नभई अन्य बिदेशी महिलाहरु सहित १० जनाभन्दा बढि रहेको बताईएको छ । सो कम्पनीका मालिकलाई यस अभियोगमा यस अघि पनि पक्राउ गरी तारिखमा छोडिएको थियो तर पुन अन्य महिलाहरुलाई पनि  काम लगाएको पाईएपछि कम्पनीले सांगठिक रुपमै अबैधानिक काम गराउन लागिपरेको आरोप प्रहरीले लगाएको छ ।

स्मरण रहोस, पछिल्लो समयमा भिसाले तोकेभन्दा फरक प्रकृतिको काम गर्ने बिदेशीको संख्या उल्लेख्य रुपमा बृद्धि भईरहेको श्रोतको दाबी छ । भिसा जोगाउनको लागि धेरैले अल्पकालिन रुपमा यो उपाय अपनाए पनि दिर्घकालिन रुपमा यस प्रकारको गतिबिधी कुनै हालतमा सहि नभएको जानकारहरु बताउंछन ।

हेर्नुहोस्, समुद्रपारि हाइलाइट्स ।

तपाईको प्रतिक्रिया