Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – दश बर्ष अघि ९ हजार येन लुटेको आरोपमा ३८ बर्षिय जापानी युवक पक्राउ परेका छन ।

यामागुची तोसिफुमी नाम गरेका ति युवकले सन २००७ को सेप्टेम्बरमा टोकियोको तोसिमा कु बस्ने एक महिलाको कोठामा छिरेर उक्त महिलाको मुख बन्द गरी ९ हजार येन लुटेर भागेको प्रहरीले बताएको छ । उनलाई पक्राउ गर्ने म्याद ४ महिना मात्र बांकी रहंदा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार महिलाको कोठामा छोडिएको टावलको आधारमा अनुसन्धान गर्दा यामागुचीको डिएनएसंग मेल खाएकोले उनलाई पक्राउ गरिएको हो ।

ति युबकले प्रहरीको सोधपुछको क्रममा आफ़ु माथी लागेको आरोप स्विकार गरेका छन । उनलाई ५ बर्ष अघि पनि छुट्टै चोरीको घटनामा पक्राउ गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया