Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै पञ्जाबले शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । मोहालीमा भएको खेलमा पञ्जाबले कोलकातालाई १४ रनले हराएको हो । एक सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन मात्रै बनाउन सक्यो ।

उसका लागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेयले समान १८ रन बनाएपछि हार टार्न सकेनन् । लिनले ५२ बलमा ८ चौका र तीन छक्काको मद्दतमा ८४ रन बनाएक हुन् । पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए ।

कोलकाताका क्रिस वोक्स र कुलदीप यादवले दुई दुई विकेट लिए । दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जाबलको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ । दोस्रो स्थानको कोलकाताको १६ अंक छ ।

 

तपाईको प्रतिक्रिया