Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएकी गायिका सारा पुन र हिरा बुढाथोकीको स्वरमा सजिएको ’आँशुको मुल फुट्ने पक्का भो’ बोलको म्युजिक भिडियोको हालै जापानमा विमोचन भएको छ ।
उक्त म्युजिक भिडियोको गत आइतवार योकोहामामा आयोजित एक समारोहका बीच ब्यवसायी तथा समाजसेवी ददिवल खड्काले विमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै पत्रकार तिलक मल्लले प्रवासको असहज परिस्थितिमा पनि साँगीतिक साधनालाई निरन्तरता प्रदान गर्दै नेपाली गीत, संगीत एवं कला र सँस्कृतिको श्रीबृद्धिमा पुर्‍याएको योगदान सह्रानीय रहेको बिचार ब्यक्त गरे । यसैगरी मगर संघ जापानका वरिष्ठ सल्लाहकार गमप्रसाद जुग्जालीले गायिका पुनको साँगीतिक यात्राको उत्तरोत्तर प्रगति र थप सफलताको कामना गर्दै उक्त म्युजिक भिडियोमा मौलिक लोकबाजा र जनवीवनमा आधारित यथार्थ कथावस्तु चित्रण गरिएको धारणा ब्यक्त गरे । सो अवसरमा बोल्दै गायिका पुनले साँगीतिक यात्राको पहिलो सिर्जनाका रुपमा बजारमा आएको म्युजिक भिडियो हेरेर, सुनेर र रचनात्मक सुझाव तथा प्रतिक्रिया दिएर सहयोग गर्न समस्त शुचचिन्तकहरुमा अपील गरिन् । उनले उक्त ब्यूजिक भिडियो निर्माण कार्यमा सहकार्य गर्ने नन्द राना, शिव पाईजा, डम्वर गर्बुजा लगायतका सबै सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरिन ।पञ्चेबाजामा आधारित दोहोरीको उक्त म्युजिक भिडियो हालै मात्र युट्युमार्फत सार्बजनिक भएको हो ।

लय शब्द खेम पुनको, गणेश सापकोटाको छायाङ्कन र तारानाथ आचार्यको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई कञ्चन सुशिल म्युजिक प्रालिले बजारमा ल्याएको हो । म्युजिक भिडियोमा इश्वर सिंह र अनिता परियारको अभिनय रहेको छ ।

स्कुले जीवनदेखि नै गीत, संगीतमा असाध्यै लगाव रहेको बताउने गायिका पुनले त्यतिबेलैदेखि बिभिन्न साँगीतिक कार्यक्रमहरुमा भाग लिने गरेको बताईन् । बैदेशिक रोजगारीको सिलसिलामा जापान आएपछि पनि यहाँ हुने साना ठुला साँगीतिक कार्यक्रमहरुमा भाग लिएर लोक तथा दोहोरी गायनमा उनले आफ्नो छुट्टै परिचय बनाईसकेकी छन् । दोहोरीको रस्साकस्सीमा भाकामा भाका हालेर सवाल जबाफ गर्न उनी माहिर मानिन्छन् ।
स्मरण रहोस् जापानबाट एकपछि अर्को गर्दै सांगीतिक सिर्जनाहरु प्रस्फुटन हुने क्रम जारी छ ।***

तपाईको प्रतिक्रिया