Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – कैलालीको अत्तरीयामा जारी अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । वारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह वी मा रहेका वारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले वारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

भोलि हुने पहिलो सेमिफाईनलमा अव समुह ए को विजेता एपिएफसग समुह वी को उपविजेता कैलालीले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह वी को विजेता राईजिङ क्रिकेट वुमनले समुह ए को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गर्दै वारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ६७ रनको सामान्य योगफल मात्रै वनाउन सक्यो ।

जसमा व्याटवाट ५० र अतिरिक्तवाट १७ रन वनेको थियो । शनिवार राईजिंग क्रिकेट वुमनसगको खेलमा पनि वाराले ७३ रनको स्कोर मात्रै वनाउन सकेको थियो । राईजिगले वारा विरुद्ध प्रतियोगिताकै सर्वाधिक २०३ रनको स्कोर खडा गरेको थियो । वाराको पारीमा सरस्वती पुनले १९ र ममता चौलागाईले १० रन वनाईन । अरु खेलाडीहरुले दोहोरो रन स्कोर वनाउन सकेनन् । कैलालीका लागि सुमन विष्टले २ विकेट लिईन् । कविता कुवर अन्जली चन्द लक्ष्मी साउदले एक एक विकेट लिईन । ६८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले सहज रुपमा पुरा गर्यो ।

मन्जु विष्टको ३३ रनको अविजित पारी र कविता कुवरको २२ रनको मदत्तले कैलालीले १२ ओभरमा २ विकेट क्षतीमा लक्ष्य भेटायो । वाराकी सामना पुनले एक विकेट लिईन । खेलमा उत्कृष्ट व्याटिङ गरेकी मन्जु वोगटीले वुमन अफ द म्याच हुदै नगद तीन हजार हात पारिन् ।

तपाईको प्रतिक्रिया