Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शनिबार एशियाली विकास बैंक (एडीवी) को ५० औं बैठकलाई सम्बोधन गर्दै नेपालको समग्र बिकासमा एडीबीको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जापानको योकोहामामा भईरहेको एडीवीको वोर्ड अर्फ गभर्नर्सको ५० औं बार्षिक बैठकमा भाग लिन आउनुभएका उपप्रधानमन्त्री महराले नेपाल सरकारको तर्फबाट सम्बोधन गर्दै भविष्यमा पनि नेपालको तिब्र आर्थिक बिकासका लागि एडीबीको थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

शुक्रबार बिहान टोकियो आईपुग्नुभएका उपप्रधानमन्त्री महराले शुक्रबारै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जिट्को) का बरिष्ठ उपाध्यक्ष कोशिकावा काजुहिकोसंग भेटवार्ता गरी दुई देशबिचको सहयोग र सम्बन्ध बिस्तारका साथै आपसी हितका बिषयमा छलफल भएको नेपाली दूतावास टोकियोका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले बताउनुभयो। सोही दिन लगत्तै मन्त्री महरा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रहरुको अर्थमन्त्री स्तरिय बैठकमा भाग लिनुभएको थियो ।

मन्त्री महरा अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेल र अर्थमन्त्रीका स्वकिय सचिव राहुल महरा सम्मिलित ५ सदस्यीय प्रतिनिधिमण्डल सहित जापान आउनुभएको हो । प्रतिनिधिमण्डल आइतवार लेटनाइट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया